तुलसीपुर खानेपानीको निर्वाचनमा सातसय मत खस्यो

तुलसीपुर, १७ पुष । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्व चयनका लागि भएको मतदानमा अहिलेसम्म सातसय बढी मत खसेको छ । निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीका अनुसार १० बजेसम्म सातसय ३२ मत खसेको छ । मतदान प्रकृया बिहान साढे सातबजेबाट सुरु भएको थियो ।

एकसय एक बर्षकी सानु चुडामणी भण्डारीले पहिलो मतदान गर्नुभएको थियो । अपरान्ह साढे चार बजेसम्म मदानको समय तोकिएको छ । मतदाता संख्या ७ हजार ४ सय ६७ रहेको निर्वाचन संयोजक पुष्कर भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया