तुलसीपुर, १२ कार्तिक । तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र हमाल, मिन केतन गिरी, दिपेन्द्र गिरी, दिगम्बर गिरी लगाएत ८ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जन बहादुर स्वाँरको नेतृत्वमा गएको प्रहरी टोलिले तुलसीपुर–६ रजौराबाट उनिहरुलाई पक्राउ गरेको हो ।
विष्णु आचार्यको खाली घरमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकाहरुको साथबाट प्रहरलिे १ लाख ९८ हजार २ सय नगद, १६ थान कौडा, दरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरु पेशेबर भन्ने सूचना आएको र यसका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । घोराहीलाई पनि लक्षित गरेर प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।





