तुलसीपुरमा एक महिला ६ दिनदेखि बेपत्ता

तुलसीपुर, ८ कार्तिक । दाङको तुलसीपुरमा एक महिला घरैबाट बेपत्ता भएको पारिवारीक स्रोतले बताएको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा स्थित अमृतनगर टोल निबासी ५२ बर्षकी इन्द्रा कुमारी थापा बेपत्ता भएको छोरा यादव थापाले जानकारी दिनुभयो ।

६  दिनदेखि बेपत्ता हुनुभएकी उहाँ आफन्तको घरमा समेत नभेटिएपछि परिवारजन आत्तिएका छन् । थापा कार्तिक २ गतेदेखि टीका लगाउने भन्दै घाेराहीमा रहेका माइतीकाेमा जाने भनेर घरबाट ११ बजे निस्कनु भएकाे थियाे ।कतै भेट्टाउनुहुने माहनुभावले ९८४९५६३६७५मा सम्पर्क गरिदीन छाेराले आग्रह गर्नुभएको सहकर्मी मनु डिसीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया