बलात्कार प्रयासको आरोपमा तुलसीपुरमा युवक पक्राउ

तुलसीपुर, ७ कार्तिक । तुलसीपुरको कन्जवारबाट बलात्कार प्रयासको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानरपालिका–१५ निबासी २१ बर्षका अमर रावत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

असोज ६ गते राति करिब साढे आठ बजे एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा युवकलाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । युवक विरुद्ध जाहेरी परेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार
प्रतिक्रिया