बलात्कार प्रयास आरोपमा भमकेका युवक बिरुद्ध प्रहरीमा उजुरी

तुलसीपुर, ६ कार्तिक । भमकेका एक युवक बिरुद्ध बलात्कार प्रयासको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

आसोज ३ गते राति ९ बजे एक महिलालाई बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासी २० बर्षका राघव गुरुङ बिरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको हो ।

आरोपी युवक फरार भएपनि उनको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया