उद्धार गरेर हस्पिटल पुर्याएकी बालिकाको मृत्यु

तुलसीपुर, २९ असोज । तुलसीपुरमा उद्धार गरेर अस्पतालमा पुर्याएकी बालिकाको मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार सम्भव नभएपछि कोहलपुर लग्दैगर्दा १२ बर्षकी अनु विकको बाटोमै मृत्यु भएको हो ।

बिहीबार राति पौने आठबजे घरको माथिल्लो तलामा चुन्निले पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि माइजु मेनुका विकले डोरी काटेर अस्पताल लग्नु भएको थियो ।

तुलसीपुर उपमहानगरपालिका–१० जसपुर घर भएकी बालिका, हाल तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित नमुना टोलमा रहेको मामाको घरमा बस्दै आउनुभएको थियो । बालिकाले आत्महत्या गर्नुको कारण नखुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार
प्रतिक्रिया