उद्धार गरेर हस्पिटल पुर्याएकी बालिकाको अवस्था सिरियस

तुलसीपुर, २८ असोज । तुलसीपुरमा १२ बर्षकी बालिकालाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा लगिए पनि उनको अवस्था सिरियस भएको प्रहरीले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१० घरभई हाल तुलसीपुर उपमहानगरपालिका–८ चोरखोला (नमुना टोल) मा रहेको मामाको घरमा बस्दै आएकी १२ बर्षकी अनु विकलाई आज रातको पौने आठबजे घरको माथिल्लो तलामा चुन्निले पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि माइजु मेनुका विकले डोरी काटेर अस्पताल पुर्याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

अस्पतालमा उपचार भइरहेकी बालिकाको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो । बालिकाले आत्महत्या गर्नखोज्नुको कारण नखुलेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहिवार
प्रतिक्रिया