तुलसीपुर,२४ असोज । तुलसीपुरमा बैंक तथा पसलहरुमा मानिसहरुको अत्याधिक भिड बढेको पार्इएको छ । नेपालीहरुको महान पर्व बडा दशै सुरु भएको आज चौथो दिन तुलसीपुर बजार क्षेत्रका बैंक, आईएमई तथा बजारमा मानिसहरुको भिडभाड अत्यधिक बढेको देखीन्छ ।
तुलसीपुरका अधिकांस बैंकमा सेवाग्राहीहरुको भिडभाड देखीन्थ्यो । विशेषगरी राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक लगाएतका केहि बैंकहरुमा सेवाग्राहीहरुको निकै भिड लागेको थियो । यस्तैगरी बजारमा पनि मानिसहरुको भिडभाड बढेको छ ।


प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।