तुलसीपुरमा गएराति दुई युवकमाथि रड र धारीलो हतियार प्रहार

तुलसीपुर, २० असोज । गएराति दुई युवक माथि रड र धारीलो हतियार प्रहार भएको छ । तुलसीपुरको राप्ती बबई क्याम्पस पछाडी रहेको वईलकम हाटेलमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी दिपेन्द्र वली र तुलसीपुर –१६ निबासी विष्णु डाँगीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट गम्भिर घाइते भएका दिपेन्द्रको राप्ती लाइफ कियर हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर फिर गरिएको छ भने विष्णुलाई सामान्य चोट लागेको छ । घटनामा संलग्न रहेका तुलसीपुर–६ गाईडर निबासी वुद्ध केसी, बादल केसी, नितेश केसी फरार रहेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख रन्जन स्वाँरले जानकारी दिनुभयो ।घटना राति साढे नौ बजे भएको थियो ।तीन दिन अघि यस्तै घटना तुलसीपुरमो घोराही रोडमा पनि भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया