तुलसीपुरको घोराही रोडमा युवकमाथि रड प्रहार

सांकेतिक फोटो

तुलसीपुर, १७ असोज । तुलसीपुरको घोराही रोडमा एक युवक माथि रड प्रहार भएको छ । बाटोमा हिडिरहेका तुलसीपुर उपमहानगरपालिका–४ बनहरी निबासी २५ बर्षका ओसन खड्कामाथि ५/६ जनाको समूहले रड र धारिलो हतियार प्रहार गरेको पिडित युवकले बताएका छन । रड प्रहारबाट घाइते भएका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खड्को टाउको, हात र ढाडमा चोट लागेको छ ।

घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका–७ गुल्म नजिकै बस्ने लोक बहादुर केसी, तुलसीपुर –६ हात्तीखौवा निबासी ललित भण्डारी, तुलसीपुर–८ कृष्णमन्दिर निबासी गणेस सुनार, तुलसीपुर –४ निबासी घनश्याम वली सहितका युवाहरु फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया