९५ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीय पक्राउ

सांकेतिक फाईल फोटो

काठमाण्डौ,९ असोज । काठमाण्डौको नागढुंगाबाट ९५ लाख नेपाली रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइस नागढुंगाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं राखेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार
प्रतिक्रिया