तुलसीपुरमा तारजाली उद्योगबाट आत्मनिर्भर बन्दै महिलाहरु

तुलसीपुर ,२८ भदौ । तुलसीपुर ९ दोघरेकी उसा कुमारी सापकोटा केहि समय अघि बेरोजगार हुनुहुन्थ्यो । घरको काम बाहेक उहाले आम्दानीको बाटो अरु केहि गर्नु भएको थिएन । दुई चार रुपैया आम्दानी होला भनेर घरभाडामा दिनुभएको थियो ।घरभाडाबाट मासीक पाँच हजार रुपैया आम्दानी हुन्थ्यो । तर कहिले काही त्यहि घरभाडा रकम मासीक रुपमा पनि आउदैनथ्यो ।


घरखर्च चलाउनका लागी उहाको श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा बाहिर जानु भएको थियो । उहाका एक छोरी र एक छोरा छन् । पढाउन लेखाउन र घरखर्च चलाउनकै लागी उहाका श्रीमान लामो समय सम्म विदेशमा बसेर श्रम गर्नुप¥यो । यसरी नै उहाको घरपरिवारको खर्च टदै आएको थियो । केहि व्यापार व्यवसाय गरौ भने उहा संग कुनै सिप र ज्ञान पनि छैन । दुई चार रुपैया कमाउने गरी केहि गर्न पाएहुन्थ्यो भन्ने उहालाई लागेको छ । तर कुनै सिप र ज्ञान छैन । उहाको यसरी नै दैनिकी चलिरहेको थियो ।
आज भन्दा अढाई वर्ष अघिको कुरा हो उहाकी माईली आमाले भारतमा तारजाली बनाउने काम सिकेर घर फर्किनु भएको थियो । त्यसपछि उहाको माईली आमा घरमा फुर्सदमा बसीरहनु भन्दा कामको खोजी गर्न थाल्नुभयो । टरिगाउँ एयरपोट नजिकै एउटा तारजाली उद्योगले काम गर्न उहाको माईली आमालाई बोलायो ।


उहा संग तारजाली बुन्ने राम्रो सिप थियो । त्यसपछि उसा कुमारी सापकोटाले माईली आमाको सिप देखेर बरु आफै तारजाली उद्योग खोल्ने निर्णय गर्नुभयो । म लगानी गरेर उद्योग खोल्छु यहि काम गरौला भनेर मैले माईली आमालाई त्यहा जानबाट रोके तुलसीपुर खबरडटकसंग उहाले भन्नुभयो,मलाई यो सम्बन्धी कुनै सिप,ज्ञान थिएन । अनि घर सल्लाह गरेपछि एक लाख बराबरको मेसीनरी सामानहरु खरिद गरेर उद्योग खोलेको उहाले बताउनुभयो । यो उद्योग संचालन गरेको अहिले अढाई बर्ष पुगेको उहा बताउनुहुन्छ । दोघरे स्थित आफनै घरमा तारजाली उद्योग संन्चालन गरेपछि आम्दानी पनि राम्रो भएको उहाको भनाई छ । अहिले उहाको श्रीमान् पनि घरमै हुनुहुन्छ । उहाले आफनो श्रीमानले तरकारी खेती गदै आएको बताउनुभयो ।


उहा शनिवार बाहेक अन्य दिन निकै व्यस्त देखीनु हुन्छ । उहालाई सुरुमा तारजाली बुन्न दुई÷तिन दिन समय लाग्यो । थोरै दिनमा सिप सिके पनि काम गर्न भने निकै समस्या भएको उहाले बताउनुभयो । तारजाली २५ किलो देखी ५०÷६० किलो सम्मका तौल भएका फलाम उठाउदा किनै गाह्रो हुने उहाको भनाई छ । जो कसै महिलाले काम गर्न नसक्ने उहाले बताउनुभयो । तर ईच्छाशक्ति भएपछि महिलाले पनि पुरुष सरह काम गर्न सक्ने उहाले बताउनुभयो । एक लाख लगानीबाट सुरुवात गरेको उद्योगबाट अहिले मासीक ४० हजार आन्दानी हुने गरेको छ । जसले गर्दा घरखर्च पनि चलाउन सहज भएको उहाको भनाई छ । उद्योगमा दुई जना महिला कामदार समेत राखेको उहाले बताउनुभयो । थोरै लगानीमा व्यवसायी संचालन गर्नु भएकी सापकोटाले अन्य दुई जना महिलालाई पनि रोजगारी दिनुभएको छ ।


कुनै समय बेरोजगार हुदा दुई चार रुपैया श्रीमान संग माग्नु पर्ने बाध्यता अहिले हटेको उहाले बताउनुभयो । उद्यमी बनिसकेपछि सामान्य घरखर्चका लागी कसैसंग पैसा माग्न नपरेको उहाले बताउनुभयो । चाहेपछि महिलाले पनि जुनसुकै काम गर्न सकिने उहाको बुझाई छ ।
यो व्यवसाय गरौला भन्ने मेरो कुनै सोच र योजना थिएन उहाले भन्नुभयो,तर पनि मैले आट र साहस गरेर उद्योग खोल्न सफल भए । साथै उहाले बरोजगार अन्य महिलालाई पनि कुनै सिप सिकेर आत्मनिर्भर बन्न आग्रह समेत गर्नुभएको छ ।महिलाले केहि गर्न सक्दैनन भन्ने कुरा गलत भएको बताउदै उहाले सिप सिकेर आत्मनिर्भर बन्न सके आफुलाई चाहिएको पैसा अरु संग माग्नु नपर्ने उहाको भनाई छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार
प्रतिक्रिया