निजामती सेवा दिवसका अवसरमा तुलसीपुरको गैराखाली वनमा वृक्षारोपण

तुलसीपुर, २२ भदौ ।निजामती सेवा दिवसका अवसरमा तुलसीपुर ६ र ७ पर्ने गैराखाली हरियाली सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम गरिएको छ । तुलसीपुर सव डिभिजन कार्यालय तुलसीपुरको आयोजना तथा ईलाका प्रशासन कार्यालय तुलसीपुरको समन्वयमा गैराखाली हरियाली सामुदायिक वनमा डेढ सय विरुवा रोपिएको हो । दिवसका अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा तुलसीपुर क्षेत्रका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।सामुदायिक वनमा खयर,सिसौ,चिउरी र मसला प्रजातीका विरुवाहरु रोपिएको सव डिभिजन कार्यालय तुलसीपुरका तुलसीराम बस्यालले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा ईलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञ बहादुर बुढा,तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत तथा कर्मचारी, सव डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विनोद शाह,मालपोत कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर खड्का, नापी कार्यालय तुलसीपुरका प्रमुख शरद आचार्य लगाएत विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो । व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ यस वर्षको निजामती सेवा दिवस मनाईएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २२ गते मङ्गलवार
प्रतिक्रिया