सखुंवासभाका मृतक ६ जनाको शव भोली उठाइने

काठमाण्डौ,२१ भदौ । आज बिहान मृत भेटिएका सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको शव भोली मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा टोली खटिएको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि लगिएको छ । घटनास्थल विकट ठाउँमा भएकाले मंगलबार मात्रै शव उठाउन सकिने प्रदेश १ का प्रहरी प्रमुख डीआइजी अरुण बिसीले बताउनुभयो । घटनास्थल सुरक्षाका लागि सानो संख्यामा प्रहरी टोली भने पुगिसकेको छ । कुकुरसहितको टोली पुगेपछि मात्रै विस्तृत अनुसन्धान सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार
प्रतिक्रिया