तुलसीपुरमा छोरी बलात्कार गर्ने बाबु पक्राउ

तुलसीपर, १६ साउन । छोरीलाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा बावु पक्राउ परेका छन् । तुलसीपुरबो बजार नजिकै घर भाडामा बस्दै आएका ३५ बर्षका आरोपीले रक्सीको नसामा १२ बर्षकी छोरीलाई बलातकार गरेको पिडित परिवारले जानकारी दिएको छ । प्रहरीले बाबुलाई पक्राउ गरिसकेको छ ।

आरोपीले हिजो दिउँसो ३ बजे घरमै बलात्कागर गरेका थिए । यता प्रहरीले घटनाका विषयमा कुनै जानकारी दिएको छैन । हाडनाता करणी भएकाले आरोपीको नाम र ठेगाना गोप्य राखिएको छ । बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले श्रीमानका बिरुद्ध बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेकी हुन् ।

प्रकाशित मिति : २०७८ साउन १६ गते शनिवार
प्रतिक्रिया