तुलसीपुर, २४ भदौ
जिल्ला प्रहरी कार्यालययले शनिबर वृक्षरोपन गरेको छ । नेपाल प्रहरीको प्रकृति संरक्षण तथा वातावरण मैत्री अभियान अन्र्गत पैयु, अनार र धुपी प्रजतिका विरुवाहरु रोपको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक भरत बहादुर विकका अनुसार जिल्ला प्रहरी कार्यालयको हाताभित्र पाँच सय र मातहतका युनिटमा पाँच सय विरुवाहरु रोपीएको छ ।
प्रदेश नम्बर ६ का प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले विरुवा रोपेर अभिनाको सुरुवात गर्नुभएको थियो । विक्षारोपन कार्यक्रको सुरुवात गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक रणबहादुर चन्दले प्रकृतिलाई सवैले माया गर्नु पर्ने बताउनुभयो । प्रकृतिविना मानिसको जीवन असम्भव रहेको भन्दै उहाँले संरक्षणमा सवैले जोड दिनुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०७४ भाद्र २४ गते शनिवार