दाङमा बाघको छालासहित दुई जना पक्राउ

तुलसीपुुर, ६ साउन । बाघको छाला सहित दाङमा दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ गोग्लीबाट बिहान साढे तीन बजे पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका–९ निबासी ३२ बर्षका रामबहादुर दमाई र रुकुमको पश्चिम मुसिकोट नगरपालिका–१० चौखाबाङ निबासी ५४ बर्षका पुर्ण सिह सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुको साथबाट पुच्छरदेखि टाउकोसम्म ५ फिट २ ईन्च लम्बाई र छातिको भागको चौडाई १ फिट ४ इन्च र नङ्ग्रा र जुँगा समेत बरामद गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार
प्रतिक्रिया