दंगीशरणमा ग्रीन फाउन्डेसनद्धारा वृक्षारोपण

तुलसीपुर, ३ साउन । पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ एकलीको ववई दोभान चीराघाट सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वन समुहका अध्यक्ष होमराज केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले रोपिएका विरुवाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा दंगिशरण गाउपालिका र जिल्ला युवा समिति दाङको समन्वयमा भएको बृक्षारोपण कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी , ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका सचिव सुरेश कुमार रावत, ग्रीन फाउन्डेसन नेपाल दंगीशरणका संयोजक एम एन शाह , गायक तथा संगितकार गोविन्द मधुर आचार्य , नेकपा एमाले दंगीशरण गाउँकमिटिका अध्यक्ष भरत अधिकारी र स्थानिय उपभोक्ताहरूको सहभागिता रहेको थियो ।वनमा खयर, मसला , बुकाईनो ,सिसौ ,हर्रो र वर्रो गरी विभिन्न प्रजातिका झन्डै ५ सय ५० बिरुवा वृक्षारोपण गरिएको थियो । सो कार्यक्रमको सञ्चालन स्थानीय परियोजना संयोजक दिपक परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार
प्रतिक्रिया