सांकेतिक फोटो
तुलसीपुर, ८ असार । दाङको तुलसीपुर स्थित बसपार्कमा रहेको होटेलमा एक युवक मृतअवस्थामा फेला परेका छन । बसपार्कको पश्चिम क्षेत्रमा रहेको रत्नमुराल होटेलको १०७ नम्बर कोठामा अन्दाजी १९/२० बर्षका करण मिश्र मृत अवस्थामा भेटिएको ईलाका प्रहरीकार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
दिउँसो कबिर २ बजे आफु बसेको कोठाको फ्यानमा बेल्डले पासो लगाएर झुण्डीएको अवस्थामा देखिएपछि होटेल मालिकले प्रहरीलाई खबर गरेका थिए ।
हिजो साँझ होटेलमा बास बस्न आएका मृतक युवकले आफ्नो ठेगाना होटेल मालिकलाई खोराही लेखाएपनि घोराही भएको हुनसक्ने अुनमान गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो । प्रहरीले आफन्त सम्पर्कमा नआएकाले घटनास्थललाई सुरक्षा घेरामा राखेको छ ।
प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार





