तुलसीपुर, ५ असार । अश्वारा खानेपानी आयोजनाकाका लागि प्रदेश सरकारबाट २४ लाख बजेट विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा २४ लाख बजेट विनियोजन गरिएको हो ।
यस अघि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही मार्फत प्रदेश सरकारबाट झण्डै ५५ लाख लागतमा अश्वारा खानेपानीमा सम्पवेल र २ लाख लिटर क्षेमताको ट्याङकी निर्माण गरिएको छ । यसैबिच अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले लुम्बिनी प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकालाई धन्यवाद दिएको छ ।
समितिका अध्यक्ष शिबहरी भण्डारी र सचिव ओपेन्द्र बस्नेतले एक प्रेस विज्ञप्ती जारी गर्दै बजेट बिनियोजन गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पहल गर्ने तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । यसैगरी अश्वारादेखि कटकुइयाँ हुँदै प्रतापकोट जोड्ने सडक कालोपत्रेका लागि २५ लाख, टिकरीमा डिपबोरीङ निर्माण २४ लाख बजेट विनियोजन गरिएको छ ।





