तुलसीपुरमा भान्जीलाई कुटपिट गर्ने मामा पक्राउ

तुलसीपुर, २४ जेठ । आमा र भान्जीलाई कुटपिट गरेको आरोपमा तुलसीपुरमा एक व्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर -८ अस्वारा निबासी ३३ बर्षका छबिराज महतरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिहले जानकारी दिनु भयो । महताराको कुटपिटबाट घाइते भएकी भान्जी ३१ बर्षकि रेश्मी भण्डारीको राप्ती प्ररादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको डिएसपी सिहले बताउनु भयो ।७४ बर्षकि आमा बिमा महतारालाई सामान्य चोट लागेको छ । घटना साझ साढे सात बजे भएको थियोे । घरायसी विवादका कारण महतराले लाठिले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
यसैबीच युवकलाई कुटपिट गरेको आरोपमा पश्चिम् दाङमा २ जना युवा पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा दङिगशरण गाउँपालिका -३ एकली निबासी हिमराज योगि र सन्तोष योगि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई युबाले सोही ठाउँका फलामको रड्ले कुटपिट गरेका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार
प्रतिक्रिया