बलात्कार प्रयास गरेको आरोपमा रोल्पामा ईन्जिनियर पक्राउ

दाङ, २२ जेठ । स्थानिय किशोरी माथी बलात्कार प्रयास गरेको आरोपमा रोल्पामा एक सरकारी कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुन्टीगढि गाउँँपालिकाकी एक स्थानिय १९ बर्षिया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा गाउँपालिकाका ईन्जिनियर शेषमणि पौडेललाई पक्राउ गरिएको हो ।

दाङको लमही नगरपालिका वडा नम्वर ३ घर भई हाल रुन्टीगढी गाउँपालिकामा कार्यरत पौडेललाई पिडितको जाहेरीको आधारमा शुक्रवार बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेसराज सुवेदीले जानकारी दिनुभयो । ती पिडित किशोरी कोरोना संक्रमित भई होम आईसोलेसनमै बस्दै आउनु भएको थियो । उनी माथी बलात्कार प्रयास गरेको आरोपमा पौडेललाई पक्राउ गरिएको हो । पक्राउ परेका पौडेल विरुद्ध जवरजस्ती करणी उद्योग शिर्षकमा मुद्धा चलाईने उहाले बताउनु भएको छ । आरोपित पौडेल अहिले प्रहरी हिरासतमा रहेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया