विश्व वातावरण दिवसमा शान्ति समाजद्धारा बृक्षारोपण

तुलसीपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङले बृक्षारोपण गरेको छ । जुन ५ अर्थात विश्व बातावरण दिवसका सन्र्दभमा शनिबार तुलसीपुर १२ केशवराज झुपाकुमारी बृद्ध आश्रमको परिसरमा बृक्षारोपण गरिएको शाखा सभापति तुलसीराम सुनारले जानकारी दिनुभयो । दिवसका अवसरमा बृद्ध आश्रम परिसरमा १० व्यक्ति १० वनस्पतिजन्य बिरुवा रोपिएको उहाले बताउनुभयो । उहाका अनुसार श्रीखण्ड, निम लगायतका बृक्षारोपण गरिएको हो ।

बृद्ध आश्रमको झण्डै १ बिगाहा क्षेत्रफल रहेको जमिनलाई हरियाली, शीतलता बनाउने उद्देश्यका साथ बनस्पतिजन्य बृक्षारोपण गरिएको हो । सो बृक्षारोपण कार्यक्रममा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेत, केन्द्रिय सचिव निर्मल नेपाली, समाजका जिल्ला सचिव निर्मला डिसी, सहसचिव उषा गौतम, कोषाध्यक्ष कोमल डिसी, शाखाका पूर्व कोषाध्यक्ष अमृत प्रसाद शर्मा, शाखा सदस्य माधव बस्नेत, बृद्धसेवा समिति जेष्ठ नागरिक तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी र शिक्षक रामेश्वर अधिकारीले लगाएतको सहभागिता रहेको थियो ।समाजले यस अघि गएको वर्ष पनि सोहि ठाउँमा बृक्षारोपण गरेको थियो । सोहि अवसरमा बृद्ध सेवा समितिका अध्यक्ष खुमानन्द अधिकारीले बिरुवाको राम्रोसँग संरक्षण गरिने बताउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया