
काठमाण्डौं, ५ भदौ ।
२०७४( साफ यू(१५ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६(० ले पराजित गरेको छ । नेपाली राष्ट्रिय यू(१५ फुटबल टोलीले माल्दिभ्सविरुद्ध हाफ टाइमसम्म ४(० को अग्रता लिएको थियो । नेपालका लागि १०औं मिनेटमा ब्रिजेश चौधरीले पहिलो गोल गरेका थिए ।
दोस्रो गोल १० मिनेटपछि दर्शन गुरुङको नाममा रहयो। कप्तान रोशन रानामगरले पेनाल्टीमार्फत ३६औं मिनेटमा तेस्रो गोल थपेका थिए । आकाश बुढा मगरले ४५ औं मिनोटमा चौथो गोल गरेका थिए । दोस्रो हाफको सुरुआतमै रोशन दोङले नेपालको अग्रता बढाएका थिए। ब्रिजेशले ७३औं मिनेटमा २०यार्डको दुरीबाट गोल गर्दै ६-० को अग्रता दिलाए ।
जितसँगै नेपाल समूहुबीुबाट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ। नेपालले समूह विजेताको छिनोफानो गर्न बुधबार भारतको सामना गर्नेछ।
प्रकाशित मिति : २०७४ भाद्र ५ गते सोमवार