तुलसीपुर, १५ बैशाख र घर ढलान गर्ने क्रममा तीन तलामाथिबाट खसेर तुलसीपुरमा एक जना गम्भिर घाइते भएको प्रहरीले बताएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी निबासी ३२ बर्षका सागर चौधरी तुलसीपुरको पुरानो बसपार्कमा घर ढलान गर्नेक्रममा साढे ६ बजे छतबाट खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार





