तुलसीपुर, १५ बैशाख । तुलसीपुरको रजौरमा घर निर्माण गर्ने क्रममा दुईतला माथिबाट खसेर एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका –४ खाद्रे निबासी ३५ बर्षका जोग बहादुर बुढा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा अम्मर केसीको घर निर्माण गर्दै गर्दा बुधबार बिहान ११ बजे खस्दा बुढा घाईते भएको प्रहरीले बताएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार





