१३ औं साथका स्वर्ण पदक ५१ जनाले पाए प्रोत्साहन भत्ता

काठमाण्डौ, १५ बैशाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्रोत्साहन भत्ता पाएका छन् ।सरकारले मंगलवार सागका स्वर्ण विजेता ५१ जना खेलाडीलाई प्रोत्साहन भत्ता उपलब्ध गराएको हो ।सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको ९ महिनापछि खेलाडीको खातामा जम्मा गरेको छ ।सरकारले एक स्वर्ण बराबर ६ हजार प्रोत्साहन भत्ता उपलब्ध गराएको हो ।

जसमा कीर्तिमानी ४ स्वर्ण जितेकी पौडीकी गौरिका सिंहले २४ हजार प्राप्त गर्नुभएको छ भन दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ र आयशा शाक्यले १२÷१२ हजार नगर प्राप्त गर्नुभयो ।राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट ओलम्पियन, एसियाली खेलकुद पदक विजेता र दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेताले प्राप्त गर्दै आएको प्रोत्साहन भत्ता चालु आर्थिक वर्ष २०७७÷०७८ यता रोकिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया