ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित 

काठमाण्डौं, १० बैशाख ।कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । गयराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गर्नुभयो । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थप्नुभयो । गेटाफेका तर्फबाट एक गोल आत्मघाती भएको थियो । जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंकसहित १५औं स्थानमा छ ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया