आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने : मौसम विभाग 

काठमाण्डौं, ५ बैशाख । जल तथा मौसम विज्ञान विभागले आजपनि देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ । केही दिनदेखि जारी हावाहुरी, असिनासहितको वर्षा अझै केहीदिनरहने विभागले जनाएको हो । विभागका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। विभागले जारी गरेको बुलेटिन अुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

देशका केही पहाडी भू–भागमा अपराह्नतिर मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति : २०७८ बैशाख ५ गते आइतवार
प्रतिक्रिया