खुकुरी प्रहार गरी युवकको हत्या

काठमाडौं, २ वैशाख । भक्तपुरको एक गाईफार्ममा खुकुरी प्रहारी गरी एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।  सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको गाईफार्ममा बिहीबार ४ बजेतिर हत्या भएको भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीले जानकारी दिनुभयाे ।

हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् । विवादको विषयमा विस्तृतमा खुलिनसकेको प्रहरीले बताएकाे छ ।   खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सँगै थिए, तर राईलाई खुकुरी हानेलगत्तै झ्यालबाट भागेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया