तुलसीपुरमा साली बलात्कार प्रयासको आरोपमा भिनाजुका बिरुद्ध उजुरी

तुलसीपुर, २ बैशाख / सालीलाई बलात्कार गर्न खोजेको भन्दै सल्यानका एक युवकका विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी परेको छ ।

जिल्लाको बाघचौर नगरपालिका –२ पिपलबोट निबासी २८ बर्षका किरण खड्काले आफ्नै सालीलाई बलात्कार गर्न खोजेको भन्दै उनि विरुद्ध तुलसीपुरमा उजुरी परेको हो ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले युवकका विरुद्ध सालीलाई बलात्कार गर्न खोजेको भन्दै उजुरी परेको पुष्टि गर्दै घटनाका विषयमा बुझ्नका लागि आरोपीलाई बोलाएको बताउनुभयो । आरोपीले युवतिकाे काेठमा हिजाे राति बलात्कारकाे प्रयास गरेकाे आरोप छ ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया