सल्यानमा कुटपिटबाट एकजना गम्भिर घाइते

तुलसीपुर, २ बैशाख / गएराति कुटपिटबाट सल्यान एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको कपुरकोट गाउँपालिका–१ कालापल्ला निबासी ३२ बर्षका गोविन्द पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थपलियाले जानकारी दिनुभयो ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । घाइते अचेत अवस्थामा रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

कुटपिटमा संलग्न रोल्पाको रुम्टिगढी गाउँपालिका –८ सल्लेरी निबासी ३२ बर्षका नेत्र घर्ती, २७ बर्षका यादव घर्ती, र २५ बर्षका भक्तबहादुर घर्ती फरार रहेको प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया