त्रिदेशीय टी–२० का लागि नेपाली टोलीको घोषणा

सांकेतिक फाईल फोटो

काठमाण्डौ, १ बैशाख ।नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच हुने त्रिदेशीय टी–१० क्रिकेटका लागि नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणमा रहेका २० खेलाडी मध्येबाट ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)का महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो ।

नेपाली टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् । कीर्तिपुर मैदानमा वैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया