तुलसीपुर ४ को वडा कार्यालयद्धारा खेलकुदका सामग्री सहयोग

तुलसीपुर, २९ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ को वडा कार्यालयले खेलकुदका सामग्री वितरण गरेको छ ।वडाका खेलाडीहरुलाई खेलकुद तर्फ उत्साहित बनाउने उद्देश्यका साथ वडा कार्यालयले क्रिकेटको एक सेट वडाका खेलाडीलाई सहयोग गरेको छ ।वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष बालकृष्ण रानाले खेलाडीहरुलाई क्रिकेटको एक सेट सामग्री हस्तान्तरण गर्नु भएको हो ।

खेलकुदले मानिसहरुलाई स्वस्थ्य र अनुशासन बनाउने भएको हुदा आफुहरुले खेलाडीहरुलाई खेलकुदका सामग्री सहयोग गरेको वडा अध्यक्ष रानाले बताउनु भएको छ । उहाले खेलकुदका सामग्रीहरुको सहि सदुपयोग गरी खेल क्षेत्रको विकासमा लाग्न आग्रह गर्नु भएको हो ।विशेषगरी युवाहरुले खाली समयलाई समुदयोग गरी दक्ष खेलाडीहरु उत्पादनमा जोड दिनुपर्ने बताउनु भएको छ । वडा कार्यालयले क्रिकेट सामग्री अन्र्तगत व्याट, बल, हेलमेट,व्याग लगाएत ६३ हजार बराबरको खेलकुद सामग्री सहयोग गरेको वडा कार्यालयका तुलाराम केसीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया