नवलपरासीमा जुवातास खेलीरहेका ६ जना पक्राउ

नवलपरासी, २४ चैत । नवलपरासी (पूर्व)मा जुवा खेलीरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं. ८ डिग्रीकलेज नजिकै गिरी प्रसाद टंनामीको घरमा जुवा तास खेली रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) बाट खटिएको प्रहरी टोलीले सोमबार राती उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १५ बस्ने बर्ष ५२ को महाराज महतो, सोहि ठाउँ बस्ने बर्ष ४९ को कृष्ण वहादुर सारु, बर्ष ५५ को निम वहादुर थापा, बर्ष ४९ को आन्नद महतो, बर्ष ७१ को ईन्द्र प्रसाद पौडेल र बर्ष ४९ को गिरी प्रसाद टंनामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकारी दिलीप कुमार गिरीले जानकारी दिनुभउको छ । उनिहरुको साथबाट नगद रु. ३१ हजार ६०० र ३ बुक तास पनी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया