‘सी’ डिभिजन लिग फुटबलको समूह चरणको खेल सकियो, यी ६ टोली सुपर सिक्समा 

काठमाण्डौं, २४ चैत ।सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको समूह चरणको खेलहरु सकिएको छ ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हिजो दुई खेल भएसँगै समूह चरणको खेल सकिएको हो ।समूह चरणको खेल सकिएपछि लिगको सुपर सिक्समा पुग्ने टिमको समेत टुङ्गो लागेको छ ।दुई समूहबाट ३–३ टिमले सुपर सिक्समा स्थान बनाएका छन् ।समूह ‘ए’ बाट विरगञ्ज युथ एकेडेमी, झापा फुटबल क्लब र खालीबारी युथ क्लबले सुपर सिक्समा स्थान बनाएका छन् ।

यस्तै समूह ‘बी’ बाट चर्च ब्वाइज, सामाजिक युवा क्लब र विरगञ्ज युनाईटेड क्लबले सुपर सिक्समा स्थान बनाएका छन् ।अब सुपर सिक्सको टिमले एक अर्काविरुद्ध ३÷३ खेल खेल्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ ।सुपर सिक्सको खेलहरु पर्सीबाट सुरु हुनेछ ।समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा सानोगौचरण युथ क्लब र सानेपा क्लबले खेल्ने छन् ।यस प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया