देशभरका विभिन्न शहरको हावामा प्रदुषणको मात्रा घट्न सकेको छैन

काठमाण्डौ, १४ चैत । आज (शनिवार)पनि देशभरका विभिन्न सहरको हावामा प्रदुषणको मात्रा घट्न सकेको छैन । अहिले बिहानको समयमा काठमाडौंको हावामा प्रदुषणको मात्रा ४ सय २० माइक्रोग्रामसम्म पुगेको छ । त्यस्तै चितवनमा ४ सय १०, हेटौडामा ४ सय ९, भक्तपुरमा ३ सय २६ माइक्रोग्रामसम्म पुगेको छ । आज पनि समग्र काठमाडौंको हावामा प्रदुषणको मात्रा ३ सय ३ माइक्रोग्राम पुगेको भन्दै विश्वकै प्रदुषित हावा भएको सहरको सूचीमा परेको छ ।

काठमाडौंपछि चीनको बेइजिङ र पाकिस्तानको लाहौर सहर बढी प्रदुषित हावा भएको सहरको सूचीमा परेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार १० देखि २५ माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित हुन्छ। २५ देखि ४० माइक्रोग्राम भए हल्का प्रदुषित हावाका रूपमा लिइन्छ ।

नेपालमा भने ५० माइक्रोग्राम स्वास्थ्यका लागि सुरक्षित मानिएको छ । १ सय ५० भन्दा माथिको प्रदुषण भए खतराजन्य परिस्थितिका रूपमा हेरिन्छ र यसबाट सकेसम्म जोगिएर बस्नुपर्ने हुन्छ। यस्तो जोखिमयुक्त अवस्थामा सकेसम्म घरबाहिर ननिस्कन र स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १४ गते शनिवार
प्रतिक्रिया