तुलसीपुर उपमहानगरको २०७७ देखी २१०२ सम्मको दिर्घकालिन रणनितिक योजना

तुलसीपुर, ९ चैत । तुलसीपुर उपमहानगर कार्यालयले दिर्घकालिन रणनितिक तथा आवधिक योजना निर्माण गर्न लागेको छ । उपमहानगरले पाँच बर्षिय र २५ बर्षिय दिर्घकालिन रणनितिक तथा योजनाको मस्यौदा तयार गरेको छ ।मस्यौदा बारे सोमवार तुलसीपुरमा सरोकारवालाहरु बिच छलफल तथा सुझाव संकलन गरिएको छ ।

सो अवसरमा पत्रकार दुर्गालाल केसीले २५ बर्षिय दिर्घकालिन रणनितिक योजना र विज्ञ विकिरण गौतमले पाँच बर्षिय रणनितिक योजनाको मस्यौदा बारे प्रकास पार्नु भएको थियो ।तुलसीपुर उपमहानगरलाई स्माट शहर र समृद्धि तुलसीपुर, सबैका लागी , सधैका लागी भन्ने लक्ष्यका साथ दिर्घकालिन र आवधिक रणनितिको मस्यौदा तयार भएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनु भएको छ ।

यो मस्यौदाको बारेमा सुझाव संकलन गरी कार्यपालिकाको बैठकबाट पारित गर्ने उहाले बताउनु भएको छ । साथै उहाले आगामी चैत १८ र १९ गते फेरी मस्यौदा बारे छलफल गर्ने जानकारी दिदै उहाले मस्यौदा बारे अध्ययन गरी थप सुझाव लिखित रुपमा दिन आग्रह गर्नु भएको छ ।यसका लागी जो सुकै नगरवासीले सुझाव दिन सक्नेछन् । २५ बर्षिय रणनितिक योजनामा विभिन्न २५ वटा बुद्धाहरु समेटिएका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
प्रतिक्रिया