बसन्त परियार,तुलसीपुर १० साउन । यँहाका सरकारी कार्यालयहरुले फोहर ब्यबस्थापनमा खासै चासो नदेखाएको पाईन्छ । कार्यालय भित्र फोहर थुप्रिदा पनि यसप्रति उनिहरु बेखवर हुन्छन । यस्तै फोहर थुप्रिएको छ , घोराहीको नेपाल बैंक लिमिटेडमा । बैंक रहेको तलाको वारदलीको एक कुनामा फोहर थुप्रिएको छ ।
त्यहा सुर्तिजन्य पदार्थ सुपर पाउवर, गुटखा लगायतका खोल तथा फ्रुटि र पानीका बोतलहरु छन । अझ त्यसमा सुर्ति र गुटखा खाएर थुकेको फोहरले झनै दुर्गन्धित बनेको छ । तर कार्यालयले यो फोहर लाई ब्यबस्थापन नगर्दा सेवाग्राहि बैंकको वारदली तिर निस्किदा नाक,मुख छोप्न बाध्य हुन्छन ।
तुलसीपुरका राम बहादुर चौधरी साउन ९ गते बैंक पुगेका थिए । लाईन लाग्दा गर्मिले हैरान भएपछि उनि एक छिन हावा खान भन्दै बारदली तिर आए, तर त्यो दृष्य देख्दा उनि अचम्मीत भए । सरकारी कार्यालय भित्र पनि यस्तो फोहर हुदो रहेछ भनेर ।
उनि जस्ता संयौ सर्वसाधरणहरुले त्यो फोहरको दृष्य देखेका छन । सरकारी कार्यालयमा नै यसरी फोहरको थुप्रो हुदा सरसफाईमा समेत चुनौति देखिन्छ ।