तुलसीपुरमा धिरेन्द्र परियार निर्घात कुटिए

तुलसीपुर, २३ फागुन । तुलसीपुरको रानागाउँमा कुटपिटबाट एक बालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ निबासी पहल बहादुर परियारका १४ बर्षका छोरा धेरेन्द्र परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बेहोस अवस्थामा रहेका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घर नजिकै छिमेकीको घरमा विहेको नाँच हेर्न गएका परियारलाई तुलसीपुर उपमहागनरपालिका –४ मजुवा निबासी १९ बर्षका विशाल गिरी लगाएत ५/७ जना युवाहरूकाे समूहले निर्घात कुटपिट गरेको पिडित परिवारले जानकारी दिएको छ ।

 घटना राति साढे आठ बजे भएको थिेयो । घटनामा संलग्न युवाहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया