तुलसीपुरमा श्रीमतीको दाँत भाँचिदिने श्रीमान पक्राउ

तुलसीपुर, २१ फागुन / अन्तराष्ट्रिय नारी दिवस आउन तीन दिन मात्र बाँकि रहदा तुलसीपुरमा दाँच भाच्चिनेगरी श्रीमतीलाई निर्घात कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका–१ श्रीनगर घर भइ हाल दाङको तुलसीपुर उपमहानगरपालिका –९ बेलुवा र रानीजरुवामा बस्दै आएका ४० बर्षका गुम बहादर चलाउने रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

गुमबहादुरको कुटपिटबाट ३७ बर्षकी श्रीमती मंगली चलाउनेको दाँत भाच्चिएको छ भने अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको छ । मंगलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कुटपिट गरिमाग्ने मंगली जेठी श्रीमती हुन । आरोपी कान्छी श्रीमतीसंग रानीजरुवामा बस्दै आएको प्रहरीले बताएको छ । गुम बहादुरले आज बिहान ७ बजे कुटपिट गरेका थिए । पक्राउ परेका चलाउनेलाई पिडितले दिएको जाहेरीका आधारमा कारबाही गरिने डिएसपी सिंहले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया