हतियार सहित शिकारी पक्राउ

तुलसीपुर, १९ फागुन / नेपाली सेनाको अपरेशन महाहण्ट ७ अन्तर्गत कोशीटप्पु वन्यजन्तु आरक्षको रेन्ज पोष्ट भागलपुरवाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले ४ नाल भरुवा बन्दुक र वन्दोवस्तीको सामान सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला वेलका नगरपालिका वडा नं। २ भागलपुर बस्ने बर्ष ३९ को सुक्रमान राई रेहका छन् । उनको साथबाट चार नाल भरुवा बन्दुक नाल, ४ थान सिसाको गोली , २ सय ग्राम बारुद, १३ किलो गुनाको आलो मासु, झोला लगाएतका सामान बरामद गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया