खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले जित्यो

तुलसीपुर, १९ फागुन । तुलसीपुर अरनिको मैदानमा चार दिन सम्म सन्चालन भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिमले हात पारेको छ । कैलालीको डल्फिन फिड र रुकुम पश्चिम बिच बुधवार भएको अन्तिम खेलमा रुकुमले उपाधी हात पारेको हो । रुकुम पश्चिमले ३-२ को सेटले डल्फिनलाई पराजित गरेको हो ।

बिजेता संगै रुकुम पश्चिमले नगद १ लाख कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपबिजेता बनेको टिम कैलालीले ५० हजार, तृतिय टिम पिवाईसी रुकुमले २५ हजार र सान्त्वना बनेको हिरा डाँगी फाउण्डेशन तुलसीपुरले १५ हजार कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको नेपाल गणतान्त्रिक खेलकुद महासघंका महासचिव विनोद चन्दले जानकारी दिनुभएको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा गत शनिबार देखि खेल सुरु भएको हो । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ सरंचना र परिवर्तन भन्ने मुल नाराका साथ सन्चालन भएको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया