सल्यानका विभिन्न स्थानमा आगलागी, तिन घर जलेर नष्ट

दाङ, १९ फागुन । सल्यान जिल्लाका विभिन्न स्थानमा मंगलवार देखी आगलागीका घटना भएका छन् । जिल्लाको कपुरकोट, छत्रेश्वरी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाका विभिन्न स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनु भएको छ । आगलागीबाट तिन घर जलेर नष्ट भएको छ भने दुई वटा बाख्रा समेत मरेका छन् ।

उहाका अनुसार जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ घोरडाँडाँ स्थित गोद्रे सामुदायिक बनमा मंगलवार दिउँसो आगलागी भएको हो । आगलागीबाट स्थानिय मोहनलाल शर्मा, पारस दाहाल र खुम बहादुर खत्रीको कच्ची घर जलेर नष्ट भएको छ भने ज्ञान बहादुर घर्तिको दुई वटा बाख्रा जलेर मरेको डिएसपी थापाले जानकारी दिनु भएको छ ।

यस्तै सोहि वडाको पाथीभरा राष्ट्रिय बनमा पनि आगलागी भएको छ । मंगलवार दिउँसो लागेको आगो स्थानिय र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिए पनि फेरी बुधवार आगलागी भएको र दिउँसो नियन्त्रणमा लिईएको हो । डिएसपी थापाका अनुसार कुमाख गाउँपालिका १ सुईकोट स्थित सिन्दुर सामुदायिक बनमा मंगलवार दिउँसो आगलागी भएको हो ।

उक्त आगो नियन्त्रणमा आईसकेको छ भने बागचौर नगरपालिका ७ सारदा सामुदायिक बनमा बुधवार दिउँसो १ बजे आगलागी भएको र नियन्त्रणमा आईसकेको डिएसपी थापाले जानकारी दिनुभयो । यस्तै कपुरकोट गाउँपालिका वडा नम्वर ३ सारेपहर सामुदायिक बनमा पनि बुधवार दिउँसो आगलागी भएको छ । स्थानिय र प्रहरीले आगो नियन्त्रणमा ल्याउने प्रयास भईरहेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया