पश्चिम दाङमा ११ बर्षकी बालिका बलात्कृत

तुलसीपुर, १९ फागुन / पश्चिम दाङमा ११ बर्षकी बालिका बलात्कारमा परेको खुलासा भएको छ । गाउँबाट दही किनेर ल्याउँदै गर्दा ट्वाङखोलाको जंगलमा मंगलबार साँझ साढे ६ बजे ती बालिका बलात्कारमा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बालात्कारमा संलग्न रहेको आरोपमा २ किशोर पक्राउ परेका छन् ।

बालिकाको यौनिबाट रक्तश्राव भएको हिड्न समेत गाह्रो भएको पारिवारीक स्रोतले बताएको छ । बालिकाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परिक्षण गरिएकाे छ । दुबै किशोरले कराएमा चक्कुले हानेर मारिदिने धक्मी दिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।

आरोपित किशाेर १३ बर्ष र ११ बर्ष भएकाले नाम नखुलाएको प्रहरीले बताएको छ । उमेर सानो भएपनि शारिरीक विकास भइसकेकाले बालिकालाई थप शारिरीक असर परेको प्रहरीले बताएको छ । आरोपीले चक्कु भन्दै पेजकस राखेकाे प्रहरीले जनाएकाे छ । बालिकाले घरमा आएर  जानकारी गराएपछि घटना  सार्वजनिक  भएकाे हाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया