सानीमाको मृत्यु संकास्पद भएको माइती पक्षको आरोप

तुलसीपुर, १८ फागुन / पश्चिम दाङको बबई गाउँपालिका घर भई हाल घोराहीमा बस्दै आएकी सानीमा श्रेष्ठ डिसीको मृत्यु संकास्पद भएको माइती पक्षले बताएका छन् । श्रीमानसंगै घोराही उपमहानगरपालिका–१५ लालीगुराँस टोलमा कोठा भाडामा बस्दै आउनुभएकी सानिमाको मृत्यु संकास्पद भएकाले छानबिन गर्नुपर्ने   माइती पक्षकाे माग छ ।

‘ घटना संकास्पद छ । नन्दले कहिलकाँही हामीसंग पनि गुनासो गर्नुहुन्थ्यो । तर पनि हामीले परिवारमा मेलमिलाप होला भन्ने आशा गरेका थियौ,’ भाउजु प्रशंसा वली भन्नुभयो–‘तर आज दुःखद कुरा सुन्नुपर्ने भयो ।’

घटनाको जानकारी पाए लगत्तै आएका श्रीमान भुवन डिसीले उपचारका लागि अस्पतालमा लग्नु भएको थियो ।’ डिसी नापी शाखामा कार्यरत हुनुहुन्छ ।

कोठाको सिलिङ फ्यानमा झुडिएको अवस्थामा श्रीमानले देखेपछि डोरी काटेर उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए लगत्तै चिकित्सकले दिउँसाे २ बजे  मृत घोषणा गरेका थिए । प्रहरीले प्रारम्भिक जानकारी अनुसार घटना सूसाईट जस्तो देखिए पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेस चन्दले बताउनुभयो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया