तुलसीपुरमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको रौनक (फोटो फिचर)

तुलसीपुर, १८ फागुन । तुलसीपुर अरनिको मैदानमा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलि (बुधवार) सम्म सन्चालन हुनेछ । नेपाल गणतान्त्रिक खेलकुद महासघंको आयोजनामा गत शनिबार देखि सुरु भएको प्रतियोगितामा मंगलवार विभिन्न समुह विच खेल भएका छन् ।

प्रतियोगितामा जिल्ला बाहिरका समेत गरी १२ टिमको सहभागिता रहेको छ । कोरोना माहामारीका कारण लामो समय सम्म स्थगित भएको खेलकुद क्षेत्र पछिल्नो समय चलाएमान बनेको छ । कोरोना माहामारीको जोखिम कम भएसंगै तुलसीपुरमा निरन्तर रुपमा खेलकुद कार्यक्रम भईरहेका छन् ।

यसैक्रममा तुलसीपुरमा जारी भविबल प्रतियोगिता हेर्नका लागी दर्शकहरुको घुईचो लाग्ने गरेको छ । दर्शकहरुले अरनिको मैदान संगै पर्खालमा समेत बसेर प्रतियोगिता अवलोकन गरीरहेका छन् । मैदानमा खेलाडी र दर्शकहरुको उत्साहजनक सहभागिता रहेको छ ।दर्शकले सवारी साधनहरु सडकको छेउछाउमा अव्यवस्थित रुपले पार्किङ गर्दा सडक समेत साघुरो देखीएको छ ।

प्रतियोगिता अन्र्तगत मंगलवार भएको खेलहरुको केहि तस्विरहरु :

तस्विर  : दिपा राना

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया