पोख्रेलले भन्नुभयो – ‘म निर्दोस छु, सुनियोजित रुपमा फसाउन खोजिएको हो’

तुलसीपुर, १६ फागुन / ब्राउनसुगरको आरोपमा पक्राउ परेकी तुलसा पोख्रेलले आफु निर्दोस भएको बताउँदै सुनियोजित रुपमा  फसाइएको बताउनु भएको छ । अहिलेसम्म लागुऔषध सम्बन्धी कुनै पनि कारोबारमा संलग्न नरहेको र आफुलाई योजनावद्ध रुपमा फसाइएको प्रतिकृया दिनुभएको छ । उनि तुलसीपुर निबासी हुन् ।

‘मलाई एक छाक खान पुगेको छ । गाँजा चरेस र ब्राउनसुगर बेच्नु पर्दैन् ,’ प्रहरीको नियन्त्रणमा रहेका बेला भेट्न पुगेका शुभेच्छुकसंग भक्कानिदै पोख्रेलले भन्नुभयो–‘ मेरो चरित्र हत्या गर्न र मलाई फसाउन योजना वद्धढंगले स्कुटीको डिक्कीमा ब्राउनसुगर राखेर प्रहरीलाई पक्राउ गराइयो ।’

स्कुटीको डिक्की लक गरेको बेला पनि हात सजिलै पस्ने भएकाले घटना संकास्पद भएको रतननाथ टोल विकास संस्था तुलसीपुरका सचिव भागवत कमलापुरीले बताउनुभयो । प्रहरीले आज दिउँसो करिब एक बजे रा५प ७१४६ नम्बरको स्कुटीबाट २.२ग्राम ब्राउनसुगर र तौल गर्नै डिजीटल मेसीन बरामद गरेको जनाएकाे थियो । पोख्रेलको घरको कोलियामा राखेका स्कुटीमा गएर ब्राउनसुगर भएको भन्दै  तुलसीपुर इलाका प्रहरी कार्यालयबाट गएकाे प्रहरी टाेलीले स्कुटीकाे डिक्की खाेल्न लगाएकाे थियाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया