भु-संरक्षण कार्यालय दाङद्धारा १२ हजार विरुवा वितरण

लक्ष्मण विश्वकर्मा,तुलसीपुर ५ साउन । जिल्ला भु.संरक्षण कार्यालयले दाङमा १२ हजार भन्दा वढि विरुवा खरीद गरी वितरण गरेको छ । जिल्लाका विभिन्न ठाउका समुहलाई विभिन्न प्रजातीका विरुवा वितरण गरीएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार यस वर्ष आँपका विरुवा ४ हजार ८ सय २३ खरिद गरी वितरण गरीएको छ ।

त्यस्तैगरी लिच्ची २ हजार ७५ ,कागती ३ हजार ५ सय र बाँस २ हजार ६० विरुवा खरीद गरी १९ वटा समुहलाई वितरण गरीएको कार्यलयले जानकारी दिएको छ । कार्यालयबाट दुई वटा कार्यक्रम सन्चालन भएका छन् । जिल्लामा कार्यालय मार्फत जिल्ला भुंरक्षण कार्यक्रम र प्रधानमन्त्रि आधुनिकीकरण परियोजना सुपरजोन कार्यक्रम सन्चालन भएको कार्यालय बताउछ ।

त्यस्तैगरी यस आर्थिक वर्षमा जिल्ला भु.संरक्षण कार्यालय तुलसीपुर नर्सरीबाट १० हजार र लमही नर्सरीबाट ४० हजार विरुवा उत्पादन गरेका छ । सुपरजोन कार्यक्रमबाट नर्सरी तयार गरी २० हजार विरुवा उत्पादन गरीएको छ ।

जिल्ला भुसंरक्षण कार्यक्रम जिल्लाका तुलसीपुर उपमहानगरपालिका,साविक विजौरी गाविस लगाएतका विभिन्न स्थानमा कार्यक्रम सन्चालन भईरहेको छ भने सुपरजन कार्यक्रम जिल्लाको लमही र राप्ती गाउपालिकामा सन्चालन भएको छ ।

गत वर्ष व्यक्तिगत र सामुहिक रुपमा विरुवा वितरण गरीएको थियो । तर यस वर्ष व्यक्तिगत नभई सामुहिक समुहलाई मात्र विरुवा वितरण गरीएको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ साउन ५ गते बिहिवार
प्रतिक्रिया