राज्यद्धारा निजी वनका उपभोक्ताको अधिकारमाथि हस्तक्षेप भयो

तुलसीपुर, १४ फागुन ।पारिवारिक निजी वन संघ नेपालले आफैले संरक्षण गरी हुर्काएको साल प्रजातीका काठ कटान तथा आसोरपसार गर्न पाउनु पर्ने माग गरेको छ । शुक्रवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गदै संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजि बनमा साल लगाएतका प्रजातीको रुख कटान तथा ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएको भन्दै यसको तत्काल फुकुवा गर्नुपर्ने माग गर्नु भएको छ ।
नागरिकले आफनो निजि जमिनमा लगाएको साल तथा अन्य प्रजातीको रुख स्वतन्त्र पुर्वक कटान तथा विक्रिवितरण गर्नपाउनु पर्ने माग गदै उहाले यसमा राज्यले उपभोक्ताको अधिकारमाथी हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयाे ।विगत देखी नै यस विरुद्ध आफुहरुले आन्दोलन गदै आएको बताउदै अध्यक्ष गिरीले संघिय सरकारले स्थानिय तहलाई वन ऐनको अधिकार दिएर निजी सम्पत्ती माथीको अधिकारको प्रत्याभुती दिलाउन उहाँले माग गर्नुभएको छ ।

साथै उहाले सामुदायिक वन र निजि वन माथि राज्यले हेर्ने दृष्टिकोण विभेदपुर्ण भएको भन्दै सबैलाइ एउटै किसीमको कानुन हुनु पर्ने बताउनु भएको छ । निजि क्षेत्रमा आफुले हुर्काएको , बढाएको र संरक्षण गरेको रुख आफुले चाहेको समयमा कटान गरी विक्रिवितरण गर्न पाउनु पर्ने उहाको माग छ ।बन ऐनमा पारिवारिक निजि बनलाई स्थानिय तहमा दर्ता र ओसारपसार गर्न पाउने अधिकार भएको र निजि बन धनीले नरम काठ, फलफुल , जडिबुटि लगाएतका ३६ वटा प्रजातीका रुख कटान तथा विक्रिवितरण गदै आएपनि राज्यले प्रतिबन्ध लगाएको साल प्रजातीको रुखको पनि फुकुवा हुनुपर्ने माग गरिएको छ । कार्यक्रमकाे  सहजीकरणा पत्रकार  संगित बस्यालले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया